Nepal's First Video FM

थाईल्याण्ड टुर जान चाहानुहुन्छ ,यदि चाहानुहुन्छ भने मेरि मामु प्रतियोगीतामा भाग लिनुस !

915

काठमाडौँ । निर्माता सन्तोष शेन चलचित्रको प्रचार शैल्र्रीलाई फरक फर रुपमा प्रस्तुत गर्ने निर्माता मा पर्ने गर्दछन् उनले सधै जसो चलचित्रको प्रचार शैलीलाई फरक रुपमा गर्ने गर्दछन् यहि भाद्र २५ गते बाट अलनेपाल रिलिज हुने चलचित्र मेरी मामुको प्रचार शैली लाइ पर्नि फरक रुपमा प्रस्तुत गदै ५ आमालाई थाईलान्ड टुरको ब्यबस्था गरेको छ ।
बालमनोविज्ञानमा आधारीत रहेर आमा र छोरा विचको दुरी र सामिप्यताको गहिराई केलाएर काठमाण्डु देखी देवघाट् सम्मको टुरमा मामु छोरा को सामिप्य र उत्तरचडाप संगै तयार पारिएको मेरी मामु चलचित्र मार्फत आफ्नो मामु संग थाईल्याण्ड सम्म को यात्रामा बिभिन्न किसीमको अनुभवहरु संगालनुहोस अझ धेरै सामिप्यता बढाउनुहोस् भन्ने मुल नाराका साथ मेरी मामुले प्रचार शैली लाई अगाडि बढाएको छ ।

तोकिएको फर्म्याटमा आफ्नो मामुको बारेमा लेख्नुहोस भनिएको छ । सो फर्म अनुसार प्रतियोगिहरुले आफ्नो आमाको बारेमा मनछुने बाक्यांश लेख्नु पर्ने छ । सहभागीहरुले फर्ममा उल्लेख गरे अनुसार आ(आफ्नो जानकारी सहित २५० शब्दमा नबढाई बाक्यांश लेखेर स्कुल स्कुलमा राखिएको संकलन बक्समा खसाल्नु पर्ने छ । अथवा सिधै आसुसेन फिल्म् मा पठाउनुपर्नेछ ।सहभागीहरुको माझमा चलचित्रका मुख्य कलाकार आयुब सेनले उत्कृष्ट ठहरिने पॉचजना मामु बाबु,नानीलाई विजेता घोषित गर्नेछन र यसको जानकारी सम्बन्धित मुडिया,मेरी मामु र आशुसेन फिल्मसको फेशबुक लाईभ् द्धारा जनकारी गराईने छ ।

विजेतालाई फोन सम्पर्क पनि गरिनेछ र विजेता स्वयं आशुसेनको कार्यालयमा आई उपहार संकलन गर्न सक्नेछन । प्रतियोगितामा कक्षा १ देखी १० सम्मका भाईबहिनिहरुले भाग लिन सक्नेछन । विजेता पॉचजना आमा छोरा या छोरीलाई थाईल्याण्डको भ्रमण गराईने जानकारी निर्माता सन्तोष सेनले बताएका छन ।

You might also like

Comments are closed.