Nepal's First Video FM

ठग्स अफ हिन्दोस्तान’ रिभ्यु

679

विजय कृष्ण आचार्यले ‘धुम’, ‘धुम २’, ‘प्यार के साइड इफेक्ट’, ‘गुरु’ लगाएतका फिल्ममा कहिले स्क्रीन प्ले तर कहिले संवाद लेख्ने काम गरिसकेका छन् । पछिबाट अक्षय कुमार, सैफ अली खान, र करिना कपुरलाई लिएर उनले ‘टण्डन’ फिल्मको निर्देशन पनि गरिसकेका छन् ।

यसका साथै विजयले आमिर खानको ‘धुम ३’ पनि बनाइसकेका छन्, भने अहिले आमिर र अमिताभलाई लिएर ‘ठग्स अफ हिन्दोस्तान’ पनि बनाएका छन् । यो फिल्मको ट्रेलर निकै हिट भइसकेको छ ।

पहिलो पटक आमिर र अमिताभ एकैसाथ यो फिल्ममा देखिदै छन् । के यो फिल्मले यस दीपावलीमा धमाका मच्चाउँछ त ? यो फिल्म कसरी बनेको थियो ?

फिल्मको कहानी के हो ?

यो फिल्मको कहानी १७९५ को भारतको कहानी हो । सो समयमा दक्षिण भारत कम्पनीका राजा थिए, भने उनको साथमा धेरै अंग्रेजहरु थिए । तर, रौनकपूर यस्तो एउटा राज्य थियो, जहाँ ती अंग्रेजहरुको पकड भन्दा टाढा थियो ।

सो राज्यको सेनापति खुदाबख्श जहाजी (अमिताभ बच्चन)ले आफ्नो मिर्जा साहेब (रोनित राय) र पूरै प्रदेशको रक्षा गर्दथे । विविध कारण मिर्जासाहेबको मृत्यु हुन्छ र उनको छोरी जफीरा (फतिमा सना शेख)को पूरै जिम्मेवारी खुदाबख्शको हातमा आउँछ । यसरी नै ११ वर्ष अगाडि बढ्छ । यसैबीच पुनः फिरंगी मल्लाह (आमिर खान)को इन्ट्रि हुन्छ, जसले आफ्नो हजुर आमासँग कहिल्यै झुठो नबोल्ने कसम खाएका हुन्छन् ।

उनको उदेश्य पैसा कमाउनु हुन्छ । यसैबीच खुदाबख्श र फिरंगी मल्लाहको मिटिङ हुन्छ । यो फिल्मको कहानीमा जब ट्वीष्ट आउँछ, तब दक्षिण भारत कम्पनीका जनरल क्लाइवले यी सबैलाई निराश पार्छ ।

सुरैया (क्याट्रिना कैफ) ले ती अंग्रेजहरुको मनलाई बहलाइदिने काम गर्छन् । फिल्ममा कयौं मोडहरु आउँछन् र अन्त्यमा एउटा नतिजा आउँछ, जसको लागि हामीले फिल्म नै हेर्नुपर्ने हुन्छ ।

फिल्मका के हेर्न सकिन्छ ?

फिल्मको कहानी उत्कृष्ट भएपनि निर्देशन कमजोर छ । फिल्ममा समावेश कहानीको रफ्तार धेरै ठाउँमा सुस्त हुदै जान्छ । जसको लागि अझ धेरै राम्रो गर्न सकिन्थ्यो । जुन तरिकाले १७ औं शताब्दीको कथालाई प्रस्तुत गरिएको छ, अभिनेता आमिरले पुनः एक पटक कुशल अभिनय गरेका छन् । फिल्ममा आमिरले पूरै दर्शकहरुको मन तान्न कोशिस गरेका छन् ।

फिल्ममा फतिमा सना शेखले सहज अभिनय गरेकी छन् । साथै फिल्मको बाँकी भुमिकामा रौनित राय र इला अरुणले पनि कुशल अभिनय गरेका छन् ।

रिलिज अगाडि फिल्मको भिएफएक्समा कमी भएको कुरा चलेपनि फिल्ममा राम्रो भिएफएक्स देख्न सकिन्छ । फिल्मको ब्याकग्राउण्ड स्कोर पनि राम्रो छ । फिल्ममा आमिर, मोहम्मद जीशान अयुबले कयौं पटक हसाउँछन्, जसको कारण फिल्म फिल्म हेर्नका लागि अझ मज्जा हुन्छ ।

फिल्मको कमजोर पक्षः निर्देशनले पार्छ निराश !

फिल्मको कमजोर पक्ष भनेको लेन्थको हो, जहाँ धेरै लामो समयसम्म हेर्नुपर्छ । यो भन्दा छोटो भएको खण्डमा फिल्म अझ रोचक हुनेथियो । फिल्मको छायाँकनको क्रममा लामो गीत भएपनि छोटो बनाउनु पथ्र्यो, तर गरिएन । यो फिल्मको क्लाइम्याक्स अझ राम्रो हुनसक्थ्यो तर विजय कृष्णको निर्देशन कमजोर बन्न गयो ।

बक्स अफिसः

यो ‘ठग्स अफ हिन्दोस्तान’ फिल्म करिब २४० करोडको बजेटमा बनेको हो । यो फिल्मलाई ठूलठूला मल्टिप्लेक्सहरुमा रिलिज पनि गरिएको छ । विश्वमा यो फिल्मलाई करिब ७००० स्क्रीनसहरु मिलेको छ ।

समाचारमा आए अनुसार यो फिल्मको स्याटलाइट राइट डेढ सय करोडमा विक्रि भइसकेको छ । news24

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.