विन्ध्यवासिनी म्युजिक अवार्डको सम्पूर्ण तयारि अन्तिम चरणमा-बरिष्ठ संगीतकार शक्ति बल्लभ श्रेष्ठलाई रु एक लाख सहित सम्मान गर्ने
कमल सरगम, काठमाडौं । बिगत ८ बर्ष देखि निरन्तर अवार्ड गर्दै आएको र हरेक कलाकारको पहिलो रोजाई रहेको विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउन्डेसनको नवौं संस्करणको रम पम विन्ध्यवासिनी म्युजिक अवार्ड यस पटक पनि भब्य रुपमा सम्पन्न हुदै छ।राजधानीको कमलादी अबस्थित प्रज्ञा प्रतिष्ठानमा हुने उक्त अवार्डमा विभिन्न ३१ विधामा फारम भर्ने टप ५ कलाकार मध्ये ३१ जनालाई अवार्ड वितरण गरिने भएको छ।गत बर्षहरुमा भन्दा अझ भब्य रुपमा अवार्ड हुने विन्ध्यवासिनी म्युजिकका संचालक तथा अवार्डका संयोजक सुबास रेग्मीले जानकारी दिनुभयो। अवार्डको गरिमा घट्दै गए पनि विन्ध्यवासिनी म्युजिक अवार्डको गरिमा भने सधै उस्तै रहेको देख्न सकिन्छ।अग्रज देखि अनुज सम्मका कलाकारहरुलाई स्थान दिएर उक्त अवार्ड हुने गर्दछ।
विन्ध्यवासिनी म्युजिकका संचालक भन्छन ‘भोटले मात्रै जितिने अवार्ड हैन हो यो ,नत जुरीले मात्रै दिएको नम्बरले पुग्छ हामीले सबैको सल्लाह र संगै उहाहरुको एल्बमको मुल्यांकन गर्दै निर्णायकले दिएको ५० प्रतिशत,म्यासेजमा आएको भोटको आधारमा ४५ प्रतिशत र हामी आयोजक टिमले दिएको ५ प्रतिशत भोट जोडिने छ र सोहि अनुसार एक सहि कलाकारले अवार्ड हात पार्ने छन’।
गत बर्षहरुमा जस्तै यस बर्ष पनि विन्ध्यवासिनी फाउन्डेसनले नगद १ लाख रुपैयाँसहितको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड–२०७५’ बाट संगीतकार शक्ति बल्लभ श्रेष्ठलाई सम्मान गर्ने भएको हो।गत वर्षहरुमा पनि विन्ध्यवासिनीले अग्रज देखि समकालीन कलाकारहरुलाई समेत यस अवार्डमा समेटीरहेको देख्न सकिन्छ।
फाउन्डेसनकि अध्यक्ष लिन शर्मा रेग्मीको अनुसार चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान पुर्याउँदै आएका कारण शक्ति बल्लभलाई सम्मान गर्न लागिएको र उहाको योगदानको कदर गरिएको जानकारी प्राप्त भएको छ।
यसपटक १५ हजार ५१५ रुपैयाँको ‘संगीत रत्न सम्मान–२०७५’ सहित गायक सुगम पोखरेल सम्मानित हुनेछन् । सोही कार्यक्रममा २५ हजार ५२५ रुपैयाँसहितको ‘कला पत्रकारिता सम्मान’ बाट रमण घिमिरे र १० हजार १ रुपैयाँसहितको चलचित्र सम्मानबाट निर्देशक मिन भामलाई सम्मानित गरिने भएको छ ।
‘हामीले जय गीत जय संगीतको नारासहित पैसा कमाउने उद्देश्यले नभई नेपाली गीत संगीत र श्रष्टा सम्मानका लागि विन्ध्यवासिनी फाउन्डेसनले यो अवार्डको आयोजना गर्दै आएको हो’ संयोजक रेग्मीले भने, ‘अवार्डलाई पहिलेझैं सभ्य र भव्य ढंगले सम्पन्न गर्नेछौं ।’
Comments are closed.