Nepal's First Video FM

लोडसेडिङ नहुन भारतबाट २५० मेगावाट विद्युत ल्याउ तयारी : विद्युत प्राधिकरण

370

७ मंसिर, २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जाडोका बेला लोडसेडिङ हुन नदिन भारतबाट २ सय ५० मेगावाट बिजुली ल्याउने भएको छ ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ढल्केवर–मुजफ्फपुर लाइनमार्फत २ सय ५० मेगावाटसम्म बिजुली आयात गरिने जानकारी दिनुभएको हो । बर्खामा नेपालकै बिजुली खेर गएको भए पनि यो वर्ष पुस–माघमा भारतबाट बिजुली ल्याउनुपर्ने अवस्था छ । आउँदो वर्षदेखि भने जाडोयाममा पनि नेपालकै बिजुली खेर जानेछ ।

त्यसैले विद्युत खपत बढाउन र निर्यात गर्न प्राधिकरणले अहिले देखिनै योजनावद्ध रुपमा काम गरिरहेको पनि कायममुकाम कार्यकारी निर्देशक शाक्यले दावी गर्नुभयो ।

विद्युत वितरणमा केही समस्या भएकाले बेलाबेलामा बत्ती जाने गरेको भन्दै उहाँले समस्या समाधान गर्न प्राधिकरण लागिरहेको पनि शाक्यले बताउनुभयो ।

You might also like

Comments are closed.