माघ १३, धनुषाको गणेशमान चारनाथ ८ मा टाटा सुमो दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । झापा जादै गरेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो आज बिहान ५ बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा परि मृत्यु हुनेमा बिराटनगरका शारदा रेग्मी दाहाल , खोटांग निर्मल डाडाका ज्ञान बहादुर चौहान ,पांचथरका प्रनिता राई, मोरङका बलदेव न्यौपाने र खेमकुमार रानामगर ,संखुवासभाका नयाराज जिमी रहेका छन् ।
घाइतेहरुको जनकपुर अंचल आस्पतालमा उपचार भैरहेको जानकारी प्राप्त भएको छ ।
Comments are closed.