Nepal's First Video FM

भीम रावललाई सघाउने कार्यकर्तालाई एमालेको कारबाहीको डन्डा

4

अछाम- एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावललाई साथ दिने नेता-कार्यकर्तामाथि नेकपा एमालेले कारबाहीको डन्डा चलाउन थालेको छ। रावलको गृहजिल्ला अछाममा पार्टी हितविपरीत काम गरेको आरोपमा जिल्ला कमिटीका ६ जना नेताहरूलाई एमालेले कारबाही गरेको छ ।

रावलले थालेको ‘मातृभूमि जागरण अभियान’को पक्षमा लागेर पार्टी हितविपरीत काम गरेको भन्दै जिल्ला कमिटीले उनीहरूलाई कारबाही गरेको हो ।रावललाई सघाएर पुरानै गतिविधि दोहोर्‍याएकोले कारबाही गरिएको एमालेले जनाएको छ।

You might also like

Comments are closed.