Nepal's First Video FM

१४ वर्षिया छोरी हत्याको आशंकामा आमा पक्राउ, यस्तो थियो घटना !

565

असार १५, चितवन । छोरीको हत्या गरेको आरोपमा प्रहरीले कालिका नगरपालिका वडा नम्बर ६ सूर्यपुर सुन्दरबस्तीकी ३५ बर्षीया शोभा परियारलाई पक्राउ गरेको आजको नागरिक दैनिकमा समाचार छ ।

शोभाकी १४ बर्षीया छोरी ममता परियार असार ८ गते सलले पंखामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । ममताको हत्या भएको भन्दै उनको घरमा जम्मा भएर स्थानीयले बिहीबार नाराबाजी गरेका थिए ।

स्थानीयको बिरोधपछि छोरीको अन्तिम संस्कार रोकेर क्रियामा बसेकी शोभालाई प्रहरीले पक्राउ गरेको हो । ममता जमुनापुर माविमा कक्षा ९ की छात्रा थिइन् । स्कुलबाट घर आउँदा आमाले मादक पदार्थ सेवन गरिरहेको देखेर ममताले नखान भनेकी थिइन् ।

छोरीले सम्झाउँदा शोभाले अपशब्द प्रयोग गरेर गाली गरेको स्थानीय बताउँछन् । अपशब्द बोलेपछि ममताले आमालाई थप्पड हानेकी थिइन् । सोही रिसमा शोभाले ममताको हत्या गरेको आरोप स्थानीयको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.