Nepal's First Video FM

सात दिनमै जितिन् भक्तपुरकी महिला जनप्रतिनिधिले कोरोना

कोरोना संक्रमित भक्तपुर नगरपालिकाकी एक महिला जनप्रतिनिधिको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि एक हप्तामै डिस्चार्ज भएकी छिन् ।

515

कोरोना संक्रमित भक्तपुर नगरपालिकाकी एक महिला जनप्रतिनिधिको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि एक हप्तामै डिस्चार्ज भएकी छिन् ।

भक्तपुर नगरपालिकाकी ४२ वर्षीय महिला जनप्रतिनिधिलाई ९ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । दोश्रो पटक गरिएको परीक्षणमा विहीबार उनको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको वडाध्यक्ष रविन्द्र ज्याख्यले जानकारी दिए ।

भक्तपुरमा अहिलेसम्म चार जनामा संक्रमण देखिएको छ । संक्रमण भित्रिएकाले सतर्कता उच्च बनाइएको मेयर सुनिल प्रजापतिले बताए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.