काठमाडौँ, लोकप्रिय हाँस्य अभिनेता राजाराम पौडेलले महाविर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई नगद एक लाख सहयोग गरेका छन् ।
पौडेलले हिजो बिहिवार पुनलाई फोन सम्पर्क गरी आफू पनि आम जनता बचाउँने अभियानमा सहयोगी बन्ने भन्दै १ लाख रकम आविस्कार केन्द्रको बैंक खातामा जम्मा गरिदिएका हुन ।
‘हाम्रो अन्नदाता भनेकै दर्शक हुन अनि यो बेलामा तिनै अन्नदाता भगवान जस्ता दर्शकहरुको जिवन बचाउँन महाविर पुन ज्यूको टिमले अत्यन्त मिहिनेत गरेको देखेर मैले पनि उहाँलाई थोरै सहयोग गरेको हुँ ।’ न्यूज फिल्मीसँगको फोन सम्बादमा पौडेलले भनेका छन् ।
पौडेलका अनुसार पछिल्लो हप्ता आफ्ना छोरा बुहारीमा कोरोना देखिएका कारण धेरै समस्या भोगेको भन्दै यो महोलमा सवै कलाकारहरुले फिल्डमा उत्रिएर सहयोग गरिरहेकासंघ संस्थालाई सकेको आर्थिक सहयोग गर्न अपिल पनि गरेका छन् ।
हालको परिस्थिती हेर्ने हो भने उदासिन सरकार भन्दा महाविर पुन लगायतका विभिन्न संघसंस्थाले प्रशनसनीय कार्य गरेका छन् यति खेर ।
हरेक पल हरेक मिनेटमा महाविर पुनको संस्था, संचारकर्मी रवि लामिछानेको टिम सहित हाम्रो टिम नेपालका अभियान्ता ईशा गुरुङ, ज्वाला संग्रौला, सहित अभिनेता पल शाह, निखिल उप्रेती, केदार घिमिरे, राज घिमिरे, निर्मल शर्मा, बिजय लामा सहित केही सामाजिक छवि बनाएका ब्यक्तिहरुले यो देश र नागरिकलाई ठूलो गुन लगाएका छन ।
यस्तै नेपालमा महामारीको रुपमा फैलिएको कोरोनाको दोश्रो लहरले आधा दर्जन भन्दा बढी कलाकर्मी संक्रमित भएका छन् ।
कोरोनाका कारण दैनिक ९ हजार भन्दा बढी संक्रमित भएका छन् भने २ सय भन्दा बढीले दैनिक ज्यान गुमाएका छन् । नेपाली मनोरञ्जन दुनियाँका कलाकर्मी पनि यसको चपेटामा परेका छन् ।
कलाकार तथा निर्देशक शिवहरि पौडेल कोरोना संक्रमित भएका छन् । उनको नैकापस्थित एपीअफ अस्पतालमा उपचार भैरहेको छ ।
अस्पताल भर्ना भए लगतै श्वासप्रश्वासमा समस्या आएपछि उनको अक्सिजनको सहारामा उपचार भैरहेको छ ।
कोरोनाका कारण कलाकार मदनकृष्ण श्रेष्ठ पनि उपचार गराइरहेका छन् । कोरोना संक्रमित भएर ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि उनी घर फर्किएका थिए ।
तर, श्वासप्रश्वासमा समस्या आएपछि मदनकृष्णलाई फेरि अस्पतालमा भर्ना गरिएको हो ।
यो पनि
मदनकृष्ण श्रेष्ठले अस्पताल मै मनाए जन्मदिन : भाबुक हुदै दिए यस्तो सन्देश (हेर्नुहोस भिडियो)
काठमाडौं । कोरोना संक्रमित अभिनेता मदनकृष्ण श्रेष्ठलाई श्वासप्रश्वासमा समस्या भएपछि पुनः अस्पताल भर्ना गरिएको छ ।
अहिले उनि अस्पताल मै आराम गरि रहेका छन्, आज उनको जन्म दिन हो जन्मदिन अस्पतालमा नै मनाएको भिडियो बहिरेको छ ।
यस्तै, कलाकार सरिता लामिछाने, उनका श्रीमान् निर्देशक ऋषि लामिछाने र उनकी छोरी पनि कोरोना संक्रमणका कारण घरमै आइसोलेसनमा छन् ।
नायिका शिल्पा मास्के, वर्षा राउत पनि कोरोनाका कारण आइसोलेसनमै छन् । वितरक तथा प्रदर्शक नरेन्द्र महर्जन पनि कोरोना संक्रमित भएका छन् ।
यस्तै, निर्देशक तथा कलाकार दीपक आचार्य पनि कोरोना संक्रमित भएपछि घरमै आइसोलेसनमा छन् । नायिका केकी अधिकारी र गायक प्रकाश सपुतले भने कोरोनालाई जितेका छन् ।
Comments are closed.