काठमाडौं । ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । आज विहानसम्म ब्राजिलमा कोरोनाले ३० हजार ४६ को मृत्यु भएको हो ।
२४ घण्टामा भित्र ब्राजिलमा विश्वमै सबैभन्दा धेरै ७३२ जनाको मृत्यु भएको छ , १४ हजार १६९नया कोरोना संक्रमित थपिएका छन् । ब्राजिलमा कोरोना संक्रमितको संख्या ५ लाख २९ हजार १८ पुगेको छ ।
२ लाख ११ हजार ८० संक्रमित निको भइसकेका छन् । २ लाख ८७ हजार ८९२ जनाको उपचार भइरहेको छ । जसमध्ये ८ हजार ३१८ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
ब्राजिल पछिल्लो समय विश्वमै सबैभन्दा द्रुत गतिमा कोरोना संक्रमण फैलिरहेको देश हो ।
Comments are closed.