फागुन २१, नुवाकोट । लिखु गाउँपालिका–४ चौघडामा सोमबार आगलागी हुँदा एकजना घाइते भएका छन् भने सात लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
नेपाली सेनामा कार्यरत क्याप्टेन प्रल्हाद थापाको घरमा बिहान आगलागी हुँदा उनका भाइ ३० वर्षीय प्रदीप थापाको शरीरको चोट लागेको छ र घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।
आगलागीबाट ढुँगामाटोले बनाएको घर पूर्णरुपमा जलेर नष्ट हुँदा एक थान स्कुटर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन सबै नष्ट भएको प्रहरी चौकी ढिकुरेका इञ्चार्ज प्रनानि टेकबहादुर पालले जानकारी दिए ।
बिहान उज्यालो हुनुअघि घटना भएका कारण इबीमा आगो लगाइदिएको हुनसक्ने भन्दै छानबिनका लागि पीडित परिवारले प्रहरीमा उजुरी दिएका छन् । घटनाको जानकारी बिहान अबेर मात्र प्राप्त भएको र आगो लाग्नुको कारण समेत शंकास्पद देखिएको प्रहरीको भनाइ छ ।
Comments are closed.