Nepal's First Video FM

छक्क पन्जाले मार्यो बाजी, विपिन कार्की परे उत्कृष्ट अभिनेता

604

माघ १७, मंगलबार काठमाडौंमा भएको तेस्रो संस्करणको ‘कामना फिल्म अवार्ड २०७४’ मा उत्कृष्ट फिल्मको अवार्ड ‘छक्का पञ्जा’ ले जितेको छ ।

यस्तै फिल्म ‘गाजलु’ बाट हेमराज बिसीले उत्कृष्ट निर्देशकको अवार्ड जिते भने उत्कृष्ट अभिनेता तर्फ ‘जात्रा’ बाट विपिन कार्की र डाइङ क्यान्डलबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड श्रृजना सुब्बाले जितिन् ।

नेपालका सेलिब्रेटी तथा भिन्न भिन्न क्षेत्रका विशिष्ट व्याक्तित्वको उपस्थितिमा सम्पन्न अवार्ड समारोहमा उत्कृष्ट कथातर्फ हेमराज बिसीले ‘गाजलु’बाट अवार्ड जिते, त्यस्तै उत्कृष्ट पटकथामा प्रदिप भट्टराईले ‘जात्रा’ बाट अवार्ड जिते । संवादको अवार्ड दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालले जिते ।

उत्कृष्ट नव अभिनेतातर्फ ‘के म तिम्रो होइन र’ब ाट आर्यन अधिकारीले अवार्ड जिते भने श्रृष्टि श्रेष्ठले ‘गाजलु’ बाट नव अभिनेत्रीको अवार्ड जितिन् ।

नव निर्देशकको अवार्ड दीपाश्री निरौलाले ‘छक्का पञ्जा’बाट जितिन् । यस्तै सम्पादनतर्फ सुरेन्द्र पौडेलले ‘गाजलु’ बाट अवार्ड जित्दा उत्कृष्ट सिनेमाटोग्राफर रविन आचार्य (डाइङ क्याण्डल) घोषित भए ।

टाइटल ब्राण्डिङ गरेको ‘लक्स पपुपर च्वाइस अवार्ड’ अभिनेत्री केकी अधिकारीले हात पारिन् । एसएमएस भोटिङको आधारमा विजयी चयन गरिएको भनिएको यो अवार्डमा प्रियंका कार्की, वर्षा राउत, श्रृष्टि श्रेष्ठपछि परे । सर्वोत्कृष्ट द्वन्द्व निर्देशनको अवार्ड हिमाल केसीले ‘के म तिम्रो होइन र’ बाट जिते ।

‘लाइफटाइम अचिभमेन्ट अवार्ड– २०७४’ प्राविधिक तर्फ छायाँकार मञ्जुकुमार श्रेष्ठलाई र वरिष्ठ कलाकार हरिहर शर्मा र शकुन्तला गुरुङ शर्मालाई प्रदान गरियो ।

अवार्ड विजेताको सुचि
फिल्मः छक्का पञ्जा
निर्देशकः हेमराज बिसी ‘गाजलु’
अभिनेताः विपिन कार्की ‘जात्रा’
अभिनेत्रीः श्रृजना सुब्बा ‘डाइङ क्याण्डल’
सह अभिनेताः जितु नेपाल, छक्का पञ्जा
सह अभिनेत्रीः गौरी मल्ल, होमवर्क
खलपात्रः दीपकराज गिरी, छक्का पञ्जा
हाँस्य कलाकारः केदार घिमिरे, छक्का पञ्जा
नव निर्देशकः दीपाश्री निरौला, छक्का पञ्जा
नव अभिनेताः आर्यन अधिकारी, के म तिम्रो होइन र
नव अभिनेत्रीः श्रृष्टि श्रेष्ठ, गाजलु
बाल कलाकारः लाक्पा सिघे तामाङः डाइङ क्याण्डल
कथाः हेमराज बिसी, गाजलु
पटकथाः प्रदिप भट्टराई, जात्रा
संवादः दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे ‘छक्का पञ्जा’
छायाँकारः रविन आचार्य, डाइङ क्याण्डल
द्वन्द्व निर्देशकः हिमाल केसी, के म तिम्रो होइन र
सम्पादनः सुरेन्द्र पौडेल, गाजलु
शृङ्गारः सरोज बुढाथोकी, डाइङ क्याण्डल
ध्वनी मिश्रणः उत्तम न्यौपाने, गाजलु
पाश्र्व संगीतः एलिश कार्की, के म तिम्रो हिइन र
नृत्य निर्देशनः कविराज गहतराज, छक्का पञ्जा
पाश्र्व गायकः कृष्ण काफ्ले, छक्का पञ्जा (सुन न चम्पा)
पाश्र्व गायिकाः अञ्जु पन्त, किस्मत २ (यी आँखा लैजाउ)
संगीतकारः कालिप्रसाद बाँस्कोटाः लुट २ (ठमेल बजार)
गीतकारः डा. कृष्णहरी बराल, शब्द (हरपल)
लक्स पपुलर च्वाइस अवार्डः केकी अधिकारी

You might also like

Comments are closed.