Nepal's First Video FM

माधव नेपाललाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना, सर्जरी गरियो

1

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको एन्जिओप्लास्टी सर्जरी गरिएको छ ।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नेपालको सर्जरी गरिएको हो ।

नसाबाट तार पठाएर मुटुको ब्लकेड खोल्नका लागि  एन्जिओप्लास्टी सर्जरी गरिएको अस्पतालले जनाएको छ ।

मुटुमा समस्या आएपछि उहाँलाई हिजो अस्पताल भर्ना गरिएको थियो । उहाँको अवस्था सामान्य रहेको बताइएको छ ।

You might also like

Comments are closed.