काठमाडौं , नेपाली चलचित्र छेत्र अझै पनि चलाए मान भवको छैन तर पनि यस छेत्र हुने प्रचार बाजीले राम्रै इस्थान पाउने गर्छ । यसै बीच अभिनेता प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘प्रेम गीत ३’ भारतमा रिलिज गर्ने तयारी गरिएको फिल्म निर्देशक सन्तोष सेनले बताए ।
मल्टिस्टारहरुको अभिनय रहेको यस फिल्ममा प्रदीप र क्रिस्टिनासहित शिव श्रेष्ठ ,सुनिल थापा, मनिष राउत लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मको लागि मुम्बईस्थित ‘रियल टच स्टुडियो’मा पोस्ट प्रोडक्सनको काम गरी रहेको बताइएको छ । अहिले हिन्दी डबिङ र सम्पादनको काम सकिएको सेनले बताएका छन् । नेपालमा गएको बर्ष चैत २८ गते प्रदर्शन गरिने भनिएता पनि कोरोना संक्रमणका कारण प्रदर्शन भएको थिएन ।
यो पनि पढ्नु एलिजापछि लक्ष्मीले पनि छाडिन् …..
एक समयका सफल निर्देशक दीपक श्रेष्ठ सात वर्षपछि फिल्म ‘घिन्ताङ’ बाट निर्देशनमा पुनरागमन गर्दैछन् । आफ्नो कमब्याक फिल्मलाई उत्कृष्ट बनाउन उनले लामो समय स्क्रिप्टमा मिहिनेत गरे । तर, फिल्मका लागि साइन भएका कलाकारबाटै उनले साथ पाइरहेका छैनन् । सबैभन्दा पहिला अनुबन्ध भएकी नायिका एलिजा गौतमले पिता विरामी भएको कारण देखाउँदै फिल्म छाडिन् ।
मुहूर्तको अघिल्लो दिन निर्देशक श्रेष्ठले एलिजाको ठाउँमा अभिनेत्री लक्ष्मी वर्देवालाई अनुबन्ध गरे । सरस्वती पूजामा मुहूर्त गरिएको फिल्मको केही दिनमा छायांकन सुरु हुने बताइएको थियो । तर, छायांकनको तयारी हुँदै गर्दा दीपक श्रेष्ठ कोरोना संक्रमित भए । यसपछि फिल्मको छायांकन सुरु हुन पाएन । अब निर्देशक श्रेष्ठ कोरोनालाई जितेर छायांकनमा निस्कने तयारीमा जुटेका छन् ।
तर, यसपटक पनि उनले कलाकारबाट धोका पाएका छन् । फिल्मबाट लक्ष्मीले हात झिकेकी छन् । छायांकनरत फिल्म ‘अनन्त’ का लागि उनले ‘घिन्ताङ’ छाडेकी हुन् । भनिएको समयमा छायांकन सुरु नभएपछि फिल्म छाड्न बाध्य भएको उनको भनाई छ । लक्ष्मीले फिल्म गर्न नभ्याउने भएपछि निर्देशक श्रेष्ठले अभिनेत्री नीता ढुंगानालाई फिल्ममा अनुबन्ध गरेको जानकारी प्राप्त छ ।
फिल्ममा अभिनेता गौरव पहारी भने यथावत छन् । एकल महिला र पुरुषबीचको अन्तरजातीय प्रेम सम्बन्धको कथा पेश गर्ने फिल्ममा नीर शाह र मदनकृष्ण श्रेष्ठको पनि विशेष भूमिका रहनेछ । साहित्यकार मन्दिरा ‘मधुश्री’ लेखेको ‘मासुको मुल्य’ कथामा निर्माण हुन लागेको फिल्मको छायांकन काठमाडौं र चित्लाङ आसपासमा हुनेछ । फिल्मको प्रस्तुतकर्तामा राज लामा रहेका छन् ।
Comments are closed.