चैत्र १६, समाज शिक्षित हुँदै गएको छ। तर यो शिक्षामा हरेक दिन सार्वजनिक हुने बलात्कारका घटनाले प्रश्न चिन्ह खडा गरिरहेको छ। भौतिक विकासमा अगाडी बढेतापनि समाजमा मानसिक विकासको छनक देखिदैन। दक्षिण एसियाली मुलुकहरुमा त यो हिँसा अझ विकराल बनिरहेको छ।
भारतको उत्तरपूर्वी एक सहरमा पछिल्लो समय यस्तै घटना घट्यो। फेसबुक मार्फत चिनजान भएको एक युवकलाई युवतीले विश्वास गरिन्। युवकले प्रेमको नाटक रच्यो। फेसबुकमा केही समयदेखि सम्बन्ध प्रगाढ हुँदै गएपछि युवकले भेट्ने इच्छा प्रकट गर्यो र युवतीले सहर्ष स्विकारीन्।
प्रेमीलाई भेट्न सपना बोकेर गएकी युवतीको उनको कथित प्रेमीले विपना पनि चकनाचुर पारिदियो। युवकले आफ्ना दुई साथीहरुसमेत बोलाएर युवतीको बलात्कार गर्यो।
घटना बाहिर आएपछि स्थानीय आक्रोशित बने। उनीहरु एकजुट भए र दुई युवकहरुलाई पक्रन सफल भए। ती युवकहरुलाई उनीहरुले नाङ्गै बनाए र पिट्दै बजार परिक्रमा गराए। त्यसपछि मात्र उनीहरुले ती बलात्कारीलाई प्रहरीको जिम्मा लगाए।
Comments are closed.